+
+

एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा पुरी चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते २१:०१

२८ कात्तिक, सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ ।

प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । २०३१ साल मंसिर २३ गते बाँफिकोट गाउँपालिका—५, रुकुम पश्चिममा जन्मिएका पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए ।

२०५० सालमा नेकपा एमाले दाङ जिल्ला कमिटीको कार्यालय सहायक भएर काम गरेका उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर लगातार १३ वर्ष काम गरे ।

एकीकृत समाजवादीको प्रदेश अधिवेशनबाट धिरबहादुर विष्ट सचिव र धनकुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?