 
																			काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक भएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए१६ ५जीमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्ष सफ्टवेयर सपोर्ट, सिग्नेचर (कि आइल्यान्ड) सहित प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामरा सिस्टम फिचर छन् ।
कम्पनीका अनुसार ए१६ ५जी नोभेम्बर ९ मा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो । जहाँ उपभोक्ताले उपकरणको प्रत्यक्ष अनुभव गर्न पाएका थिए ।
ओटाकु जात्रा यो स्मार्टफोनका रोमाञ्चक सुविधा प्रदर्शन गर्न उत्तम ठाउँ बनेको थियो । जात्रामा सहभागी भएर सामसङले नेपाली उपभोक्ताका लागि नवीन अनुभव ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायसँग संलग्न रहिरहने जनाएको छ ।
ग्यालेक्सी ए१६ ५जी गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक ब्यांंक्वेटमा भएको ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले अफ्नो सेग्मेन्टमा ६जी ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराएर ग्यालेक्सी ए१६ ५जीले भ्यालु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्तालाई लामो समयसम्म नवीनतम सुविधाको आनन्द लिन सक्षम बनाउँदै मिडरेन्ज स्मार्टफोनमा अतुलनीय अनुभव प्रदान गर्न तयार रहेको बताए ।
सामसङले ग्यालेक्सी ए१६ ५जीलाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिडरेन्ज उपकरणका रूपमा प्रस्तुत गरेको छ, जसको मोटाइ ७.९ मिलिमिटर छ । पातलो डिजाइनले गर्दा प्रयोगकर्ताले आरामसँग प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।
ग्यालेक्सी ए१६ ५जीले प्रिमियम फिनिस र विशिष्ट ‘की आइल्यान्ड’ फ्रेमसाथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचका लागि हलुका रूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ ५जीले आईपी५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाका लागि भरपर्दो रूपमा धुलो र पानी प्रतिरोध प्रदान गर्छ ।
शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड क्यामरा र २ एमपी म्याक्रो क्यामराले सुसज्जित, ग्यालेक्सी ए१६ ५जीले क्रिस्प र विस्तृत तस्वीर खिच्दछ, जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कल स्तरसमेत बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले साथमा ९० हर्ज रिफ्रेस रेट एवं माइक्रोएसडी मार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज छ ।
कम्पनीका अनुसार हुड अन्तर्गत ग्यालेक्सी ए१६ ५जी मिडियाटेक डी६३०० द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारी गर्न उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्छ । शक्तिशाली ५००० एमएएच ब्याट्री साथ, यसले कनेक्टेड राख्न दिनभरि पावर दिने सुनिश्चित गर्छ ।
सामसङ ग्यालेक्सी ए१६ ५जीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेट प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फर्मेन्स प्रदान गर्न प्रतिबद्ध छ ।
ईएएलएस प्लस सर्टिफिकेसन मार्फत मानसिक शान्ति प्रदान गर्दै सामसङ नक्स भल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधामा परिष्कृत कनेक्टिभिटीका लागि गुगल मिट र क्विक सेयरसाथ सहज अनुभव समावेश छन् ।
कति पर्छ मूल्य ?
कम्पनीका अनुसार ग्यालेक्सी ए१६ ५जी कालो, हलुका हरियो र सुनौला रङमा उपलब्ध छन् ।
६ र १२८ जीबी भेरिएन्टको ग्यालेक्सी ए१६ ५जीको मूल्य २८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यसैगरी ८ र १२८ जीबी भेरिएन्टको ३० हजार ९ सय ९९ एवं ८ र २५६ जीबी भेरिएन्टको ३४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए१६ ५जीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क उपलब्ध हुनेछ भने यी उत्पादन १२ नोभेम्बरदेखि बजारमा उपलब्ध छ ।
यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ । शून्य प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू समेत प्रदान गरिकएको कम्पनीको भनाइ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4