News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङले १५ फागुनमा नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको छ जसमा ६.३ इन्च स्कृन र ५० एमपी क्यामेरा छ।
- ग्यालेक्सी एस २६ सिरिजले एआई प्रविधिद्वारा सञ्चालित सहज र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
- नेपालमा ग्यालेक्सी एस २६ सिरिज अग्रिम रूपमा रिजर्भ गर्न सकिनेछ र २४ महिना ईएमआई सुविधा उपलब्ध हुनेछ।
१५ फागुन, काठमाडौं । सामसङले शुक्रबार विश्व बजारमा नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको छ । यो स्मार्टफोनले नयाँ परिवर्तनको महत्त्वपूर्ण कदम प्रतिनिधित्व गर्ने कम्पनीले दाबी गरेको छ ।
‘नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
क्यामेरा क्षमतादेखि रियल टाइम सहयोगसम्म, साथै अनुकूलित प्रदर्शन र ऊर्जा दक्षता यस उपकरणमा लगाइएको कम्पनीको भनाइ छ ।
यो फोनमा ६.३ इन्चको स्कृन प्रदान गरिएको छ । ५० एमपी प्रमुख क्यामेरासहित ३ क्यामेरा, १२ जीबी र्याम, ४३०० एमएएच ब्याट्री प्रदान गरिएको छ । नेपालमा बजार मूल्य पछि तय हुनेछ ।
‘यस सिरिजले डिजाइन र प्रदर्शनमा पनि नयाँ मापदण्ड स्थापित गरेको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘परिष्कृत प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता, र एआई आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यो नयाँ सिरिजले सहज मल्टिटास्किङ, इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्दछ।’
एआईद्वारा सशक्त बनाइएका उन्नत क्यामेरा प्रणालीहरूले प्रयोगकर्तालाई जुनसुकै वातावरणमा पनि असाधारण स्पष्टतासहित आकर्षक फोटो र भिडियो खिच्न सक्षम बनाउने सामसङले जनाएको छ ।
नेपालस्थित सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एआईले उपभोक्तालाई दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतालाई अझ उन्नत बनाउने नवप्रवर्तन अनुभव गर्न सक्षम बनाउँछ।
एस २६ सिरिजको औपचारिक लन्चअघि, सामसङ नेपालले सफलतापूर्वक ह्यान्ड राइजर अफर सञ्चालन गरेको थियो । जसले ग्राहकलाई आफ्नो रुची पूर्वदर्ता गर्न र विशेष लाभहरू सुरक्षित गर्न अवसर प्रदान गरेको थियो।
यस पहलमार्फत उपभोक्ताहरूले ग्यालेक्सी एस २६ सिरिज अग्रिम रूपमा रिजर्भ गर्न, आकर्षक एक्सचेन्ज सुविधा पाउन, २४ महिना सम्म सहज ईएमआई विकल्प, तथा रोमाञ्चक उपहार प्राप्त गर्न सक्छन् ।
जसले नवीनतम प्रविधिलाई नेपालभर अझ पहुँचयोग्य बनाउने कम्पनीको भनाइ छ । ग्यालेक्सी २६ सिरिज देशभरका अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछ, जससँगै आकर्षक प्रिअर्डर अफर पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो उपकरण हुलास फिनसर्भमार्फत इन्स्टा फाइनान्स प्रयोग गरी सहज ईएमआई सुविधा पनि उपलब्ध हुनेछ।
प्रतिक्रिया 4