+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

सामसङले नेपालमा सार्वजनिक गर्‍यो ‘ग्यालेक्सी ट्याब ए ११ प्लस’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ११ प्लस सार्वजनिक गरेको छ, जसमा स्मार्ट एआई क्षमता र प्रिमियम मेटल फिनिस छ।
  • ट्याब ११ प्लस दुई भेरियन्टमा उपलब्ध छ, फाइभ-जी ८ जीबी/२५६ जीबीको मूल्य ४७ हजार ९९९ र वाइफाई ६ जीबी/१२८ जीबीको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
  • सामसङले दीर्घकालीन सफ्टवेयर अपडेट र शून्य ब्याज किस्ताबन्दी सुविधा सहित ट्याबलेटलाई विद्यार्थी र परिवारका लागि उपयुक्त बनाएको छ।

१९ मंसिर, काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई क्षमता, शक्तिशाली पर्फमेन्स र प्रिमियम मेटल फिनिसको आकर्षक संयोजन रहेको कम्पनीले जनाएको छ ।

अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले ट्याब ११ प्लसलाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउने सामसङको दाबी छ ।

ट्याब दुई भेरियन्टमा उपलब्ध छ ।  जसमा फाइभ-जी भेरियन्ट ८ जीबी र २५६ जीबीमा उपलब्ध छ भने यसको मूल्य ४७ हजार ९९९ रुपैयाँ तोकिएको छ । अर्को वाइफाई भेरियन्ट ६ जीबी र १२८ जीबीमा उपलब्ध छ । यसको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

दुवै भेरियन्टले शक्तिशाली एआई क्षमता, स्मूथ प्रदर्शन, इमर्सिभ मनोरञ्जन र दीर्घकालीन सफ्टवेयर समर्थन प्रदान गर्दै उत्कृष्ट मूल्य अनुभव सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

ट्याबमा सिल्भर र ग्रे कलर विकल्पसहितको स्लिक मेटल डिजाइन छ । ११ इन्चको इमर्सिभ डिस्प्लेले मनोरञ्जन, अनलाइन अध्ययन र उत्पादकतामा स्मुथ स्क्रोलिङ तथा उत्कृष्ट भिजुअल अनुभव दिन्छ ।

डोल्बी एटोम्स सहितका क्वाड स्पिकरहरूले चलचित्र, क्लास वा जुनसुकै संगीतमा समृद्ध र सन्तुलित ध्वनी प्रदान गर्छन् । ४ एनएम मिडियाटेक एमटी ८७७५ प्रोसेसरले यस ट्याबलेटलाई स्ट्रिमिङ, मल्टिटास्किङ र लर्निङ एप्सका लागि द्रुत र प्रतिक्रियाशील प्रदर्शन दिन सहयोग गर्छ ।

अनुकूलित चिपसेटले द्रुत एप स्विचिङ, स्मुथ एनिमेसन र दिनभर सन्तुलित पावर उपयोग सुनिश्चित गर्छ ।

ए सिरिजमा ठूलो अपग्रेडका रूपमा ट्याब ए ११ प्लसले सात जेनेरेसनसम्म वन यूआई अपग्रेड र सात वर्षका सुरक्षा अपडेट समर्थन गर्छ। यसले उपकरणलाई दीर्घकालीन रूपमा सुरक्षित, अद्यावधिक र विश्वसनीय बनाइदिन्छ ।

सामसङ नेपालका एमएक्स बिजनेस निर्देशक प्रणयरत्न स्थापित, यो ट्याबमार्फत नेपालमा प्रिमियम उत्पादकन र एआई आधारित शिक्षालाई अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउन चाहेको बताए ।

‘लामो सफ्टवेयर र सुरक्षा प्रतिवद्धताले ग्राहकलाई दीर्घकालीन मूल्य प्रदान गर्छ’ उनले भने ‘यो ट्याबलेट सिकाइ, सिर्जना र परिवारकै दैनिक उपयोगिताका लागि उत्कृष्ट रूपमा डिजाइन गरिएको उपकरण हो ।’

सामसुङले नेपालको प्रमुख वित्तीय संस्थासँग सहकार्य गर्दै इन्स्टा फाइनान्सको सुविधा दिइरहेको छ । जसमा शून्य ब्याजमै किस्ताबन्दी (ईएमआई) सुविधा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?