+
+
Shares

सामसङ नेपालले ल्यायो ग्यालेक्सी बड्स ३ एफई

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले ग्यालेक्सी बड्स ३ एफई ट्रू–वायरलेस इयरबड्स १९ हजार ९९९ रुपैयाँमा बजारमा ल्याएको छ।
  • बड्स ३ एफईमा एक्टिभ न्वाइज क्यान्सेलिङ, क्रिस्टल क्लियर कल टेक्नोलोजी र ग्यालेक्सी एआई एकीकरण समावेश छ।
  • सामसङ इन्स्टा फाइनान्समार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ईएमआई विकल्पमा उपकरण प्राप्त गर्न सक्नेछन्।

२६ कात्तिक, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी बड्स ३ एफई बजारमा ल्याएको छ । एक आकर्षक र स्तरीय ट्रू–वायरलेस यस इयरबड्सले फ्ल्यागसिप स्तरका सुविधालाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीको भनाइ छ।

नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ब्लेड डिजाइन सहित बड्स ३ एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनमा नयाँ युग सुरुवात गरेको सामसङले जनाएको छ।

यो उपकरण हाल सामसङका स्टोरमा १९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ। यसलाई उचित मूल्यमा शक्तिशाली ध्वनी र परिष्कृत सुविधा प्रदान गर्न इन्जिनियर गरिएको कम्पनीको दाबी छ ।

‘ठूलो स्पिकर, एक्टिभ न्वाइज क्यान्सेलिङ (एएनसी) र क्रिस्टल क्लियर कल टेक्नोलोजी समावेश छ’ कम्पनीले भनेको छ ‘जसले मेसिन लर्निङद्वारा स्वरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ।’ साथै यी इयरबडले गहिरो ध्वनी र स्पष्ट सञ्चार सुनिश्चित गर्ने सामसङ नेपालको दाबी छ।

ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका बड्स ३ ले अटो स्वीच समर्थन गर्छ । जसले ग्यालेक्सी उपकरणबीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ ।

एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सकिनेछ । सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सजिलै ईएमआई विकल्पसहित नयाँ उपकरण प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?