News Summary
Generated by OK AI. Editorially reviewed.- सामसङ नेपालले व्यवसायिक कन्टेन्ट क्रिएटर्सका लागि नयाँ ग्यालेक्सी एस २५ एफई फोन सार्वजनिक गरेको छ।
 - फोनमा ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित भ्वाइस, टच र भिजुअल अन्तक्र्रिया सुविधा छ।
 - फोनको मूल्य ८ र २५६ जीबी मोडेलका लागि ९९ हजार ९९९ रुपैयाँ राखिएको छ।
 
१८ कात्तिक, काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । यो फोन विशेष रूपमा व्यवसायिक कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । एउटै डिभाइसमा धेरै क्रियटिभिटी तयार हुनेगरी यो फोन बनाइएको सामसङको भनाइ छ । ८ र २५६ जीबीमा यसको मूल्य ९९ हजार ९९९ रुपैयाँ छ ।
‘ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित एस २५ एफईले भ्वाइस, टच र भिजुअल अन्तक्र्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ’ सामसङले भनेको छ ‘भर्चुअल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटका लागि नाउ बार र नाउ ब्रिफ तथा अनस्क्रिन जवाफको लागि सर्कल टु सर्च जस्ता सुविधाको साथ यस डिभाइसले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ ।’
यसमा भएको सुपर एचडीआर मार्फत फोटो र भिडियोका साथै उत्कृष्ट सेल्फी प्रदान हुने सामसङले जनाएको छ । ‘जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजरजस्ता फिचरले फोटो र भिडियो इडिटलाई सहज बनाउँछ’ सामसङले भनेको छ ‘अटो ट्रिमको साथ स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षण पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएसनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।’
यसमा ४५ वाटको फास्ट चार्जिङ र प्रभावकारी कुलिङको लागि भेपर चेम्बरको साथ ४,९०० एमएचएच ब्याट्री राखिएको छ । यसमा ६.७ इन्चको डायनामिक एमोलेड डिस्प्ले प्रदान गरिएको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार सामसङ इन्स्टा फाइनान्समार्फत ० प्रतिशत ब्याजदरमा डिभाइसहरु खरिद गर्न सकिनेछ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4