+

अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्ध

२०८१ कात्तिक  २८ गते २१:०८ २०८१ कात्तिक २८ गते २१:०८
अफगानिस्तानका इस्मत आलम विराटनगर किङ्समा अनुबन्ध

२७ कात्तिक, काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अफगानिस्तानका अलराउन्डर इस्मत आलमलाई अनुबन्ध गरेको छ ।

विराटनगरले एनपीएलका लागि पाँचौं विदेशी खेलाडीका रुपमा इस्मतलाई भित्र्याएको हो । विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।

२२ वर्षीय इस्मत ब्याटिङ अलराउन्डर हुन् । उनले २० टी-२० म्याच खेल्दा २२५ रन बनाउनुका साथै १० विकेट लिएका छन् ।

विराटनगरमा राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा छन् । त्यस्तै टोलीका अन्य खेलाडीमा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दीपक बोहरा, सुबास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल छन् ।

आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।

एनपीएलमा हरेक टिमले चार विदेशी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्नेछ भने बढीमा ६ विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।

क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल विराटनगर किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय