+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रचण्ड प्लानः चुनावको तयारी गर्न आयोगलाई पत्र, संशोधन पनि अघि बढाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १७ गते १७:३४

१७ माघ, काठमाडौं । सरकारले आगामी वैशाख मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने भएको छ ।

चुनावको प्रक्रिया अघि बढाउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार सत्तारुढ कांग्रेस र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा मधेसी मोर्चाका नेताहले परिमार्जनसहित संविधान संशोधन नभई चुनावमा भाग नलिने र हुन नदिने चेतावनी दिएका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डले भने चुनावको तयारी गर्न आयोगलाई भन्ने बताएका छन् । स्रोतका अनुसार मन्त्रिपरिषदले वैशाख मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ ।

चुनावको औपचारिक मिति घोषणा भने संविधान संशोधनबारे संसदले निर्णय लिएपछि हुनेछ ।

यसका लागि संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई तत्काल अघि बढाइने प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमनन्त्री प्रचण्डले संशोधन विधेयक पास फेल जे भएपनि चुनाव जाने कि नजाने प्रष्ट आफ्नो धारणा लिएर आउन मधेसी मोर्चाका नेताहरुलाई आग्रह गरेकोे एक नेताले बताए ।

माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘मधेसी मोर्चाले समर्थन नै गरेन र, भोट पनि नदिने हो भने सोच्नुपर्छ । नभए अब संविधान संशोधन प्रक्रिया अघि बढ्छ ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेकाले अब स्थानीय तहकै चुनाव हुने भन्दै यसबारे धारणा बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?