+
+
Shares

‘बाटुलो जून’ को सुखद् सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनमोल केसीको फिल्म ‘बाटुलो जून’ आजदेखि प्रदर्शनमा आएको छ र पहिलो दिन एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ।
  • निर्माण टिमका अनुसार फिल्मले आज दिउँसो साढे १ बजेसम्म ८३ लाख रुपैयाँ कमाइ गरेको छ र देशभर २६५ शो पाएको छ।
  • बिहानका शो हाउसफुल भएका छन् र राति ८–९ बजेको शोमा समेत अकुपेन्सी उच्च देखिएको छ।

अनमोल केसीको फिल्म ‘बाटुलो जून’ आजदेखि प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार निकै उत्साहजनक देखिएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

अहिलेसम्मको बुकिङ र कमाइको अनुपातलाई हेरेर यस्तो अनुमान गरिएको हो । फिल्म निर्माण टिमले दिएको रिपोर्टअनुसार आज दिउँसो साढे १ बजेसम्म फिल्मले कुल ८३ लाख रुपैयाँ कमाइ गरेको छ । भुवन केसीले निर्माण गरेको यो फिल्मले देशभरका हलमा २६५ शो पाएको छ ।

बिहानका शो हाउसफुल भएका छन् । राति ८–९ बजेको शोमा समेत अकुपेन्सी उच्च देखिएको छ । धेरैजसो शोका सिट भरिभराउ छन् ।

पहिलो दिनको कमाइका हिसाबले अनमोलको यस फिल्मले उनका अघिल्ला फिल्मको रेकर्ड तोडेको बताइएको छ । यो अनमोलको १२औँ फिल्म हो।

फिल्मले वि.सं. ४० को दशकको प्रेमकथा भन्छ । यसपटक अनमोलको नयाँ अभिनेत्रीका रूपमा प्रिन्सी खतिवडा भित्रिएकी छिन् ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सहनिर्माता हुन्।

सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको पटकथा रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?