+
+

कायरा रनवे ५ को लागि क्याटवाक सिक्दै मोडल

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १८ गते ११:३१

काठमाडौं । आधुनिक फेसनवारे जानकारी दिने उद्देश्यले कायरा बुटिकले आयोजना गर्ने फोसन शोमा सहभागी मोडलले प्रशिक्षण सुरु गरेका छन् ।

सहभागी मोडललाई कोरियोग्राफर धिरज तण्डुकारले प्रशिक्षण दिइरहेका छन् । कायराकी सञ्चालिका रोजिना श्रेष्ठका अनुसार पुराना मोडललाई दिनमा १ घण्टाको प्रशिक्षण दिइने छ भने नयाँलाई दुई घण्टा प्रशिक्षण दिइने भएको छ । ‘पुरानाई सिक्वेन्स मात्रै सिकाए पुग्छ तर, नयाँहरुलाई रामै्रसँग सिकाउनुपर्छ’ रोजिनाले भनिन् ।

कायरा शोमा पाँच नायिकाले विशेष प्रस्तुति दिने भएका छन् । सञ्चालिका रोजिनाका अनुसार यसपालीको शोमा वर्षा राउत, स्वस्तिमा खड्का, मेलिना मानन्धर, ऋचा शर्मा, दिपाश्री निरौला र निलम ढकालको विषेश प्रस्तुति रहने भएको छ । उनीहरुले र्‍याम्पमा क्याटवाक गर्ने भएका छन् ।

त्यसो त जीतु नेपालले कार्यक्रम सञ्चालन गर्ने भएका छन् भने रामकृष्ण ढकाल र धिरज राईको सांगीतिक प्रस्तुति रहने छ । जादुगर महादेब त्रिपाठीले दर्शकलाई हँसाउने भएका छन् ।

आउँदो २२ माघमा सिटिसेन्टरमा हुने फेशन शोमा अन्य ब्यबसायिक मोडलको पनि विभिन्न प्रस्तुति रहने भएको छ ।

फेसनवारे आम मान्छेलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागेको रोजिनाको भनाई छ । फेशन समय अनुसार परिवर्तन भइरहने धारणा राख्ने रोजिना आम सर्वसाधारणलाई फेशनवारे जानकारी दिन यस्ता कार्यक्रम नियमित गरिने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?