Comments Add Comment

फिल्म फ्लप हुँदा श्रद्धालाई धक्का, तर टिम नबदल्ने

श्रद्धा कपुर बलिउडमा आशा गरिएकी अभिनेत्रीमध्ये पर्छिन् । तर, एकपछि अर्को फ्लप फिल्मले उनको करिअरलाई ओरालोतिर लगिरहेको छ ।

फिल्म ‘ओके जानु’ श्रद्धालाई निकै आश थियो । उनले यो फिल्म आफ्नो करिअरमा टर्निङ प्वाइन्ट हुन सक्ने सोचेकी थिइन् । तर उनले सोचेजस्तो भइदिएन । यो फिल्म फ्लप हुँदा श्रद्धालाई निकै धक्का लागेको छ । यसअघि उनको रक अन २ पनि फ्लप भएको थियो ।

लगातार दुई फिल्म फ्लप भएपछि श्रद्धाले आफ्नो टीम बदल्न लागेको खबर आएको थियो । तर उनले यो खबरलाई झूट करार दिएकी छिन् । सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘कति फिल्मले राम्रो गर्छन्, कति फिल्म चल्दैनन् ।

जिन्दगीमा उतारचढाव आइरहन्छ । म भाग्यमानी छु कि यति उतारचढावका क्रममा मलाई उत्कृष्ट टिम मिलेको छ ।’
उनले यो टिम नै आफ्नो मेरुदन्ड भएको उल्लेख गरेकी छिन् । उनी अगाडि भन्छिन्, ‘म यो टिमलाई कति माया गर्छु भन्ने शब्दमा बयान गर्न सक्दिन ।’

त्यसो त श्रद्धाले आफ्नो करिअर सम्हाल्न नसकेपछि आइन्दा बाबु शक्तिकपुरले उनलाई डोहोर्‍याउने चर्चा पनि चलिरहेको छ । श्रद्धाको फिल्म ‘हाफ गर्लप|mेन्ड’ यो वर्ष रिलिज हुँदैछ । मोहित सूरीले निर्देशन गरेको यो फिल्ममा उनी अर्जुन कपुरको अपोजिटमा छिन् । यसैगरी अपूर्व लखियाको फिल्म हसीना-द क्वीन अफ मुम्बईमा श्रद्धाले हसीना पारकरको भूमिका निर्वाह गरेकाी छिन् । यो फिल्म पनि यसै वर्ष रिलिज हुनेवाला छ । यी दुई फिल्मले श्रद्धाको करिअरलाई कुन मोड दिनेहुन् हेर्न बाँकी छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment