+
+

स्ववियु चुनाव भाँड्न खोज्नेलाई विद्यार्थीले माफ गर्ने छैनन्ः क्रान्तिकारी

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते १५:४४

१९ माघ, विराटनगर । आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अब कुनै तागतले रोक्न नसक्ने अखिल (क्रान्तिकारी)का नेताहरूले बताएका छन् । स्ववियु चुनावमा उमेरहद लगाउनु हुँदैन भन्नेहरुलाई कलेजका विद्यार्थीहरुले माफी नदिने दावी पनि उनीहरुले गरे ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बुधबार आयोजित स्ववियु केन्दि्रत विशेष कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले स्ववियु निर्वाचनलाई असर पार्ने गतिविधि नगर्न चेतावनी दिए ।

उमेर हदको विरोध गर्दै आइरहेको नेविसंघतर्फ लक्षित गर्दै तामाङले भने, ‘सहमति भैसकेको उमेरहदको विषयलाई बल्झाएर चुनावको माहौल बिगार्ने छुट कसैलाई छैन ।’

आउँदो फागुन १४ गते हुने स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयले निर्वाचन तालिका र आचारंहितासमेत जारी गरिसके पनि नेविसंघले २८ वर्षे उमेर हदको विरोधमा क्याम्पसमा तालाबन्दी लगायतका कार्यक्रम गर्दै आएको छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष तामाङले भने, ‘खबरदार अब स्ववियु निर्वाचनलाई असर पार्ने गतिविधि कसैले नगरोस् ।’

त्रिभुवन विश्वविद्यालयका एक हजार कलेजका २८ वर्ष मुनिका करिव ४ लाख विद्यार्थी चुनावमा होमिसकेकाले अब गैरविद्यार्थीले उमेर हद मान्दिन भन्नुको कुनै तुक नभएको तामाङले जिकिर गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारीका नेता एवम् एक नम्बर प्रदेश इन्चार्ज चिरञ्जीवी लामिछाने र संयोजक तिलक बस्नेतले आसन्न स्ववियु चुनावमा अखिल क्रान्तिकारी पहिलो हुने दावी गरे । २८ वर्षे उमेरहद, मिश्रति चुनाव प्रणाली लगायतका एजेण्डा अखिल क्रान्तिकारीकै भएकाले सबै विद्यार्थीहरुले अखिल क्रान्तिकारीलाई नै मत दिने उनीहरुको विश्वास थियो ।

चुनाव केन्द्रित अभियान सञ्चालन गर्दै आएको अखिल क्रान्तिकारीले देशभरका क्याम्पसमा आफ्नो पक्षमा माहोल बनाउन कमाण्डरहरु समेत तोकेको छ ।

यो पनि पढ्नुहोस् 

अखिल क्रान्तिकारीले तोक्यो स्ववियु चुनावका कमाण्डर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?