Comments Add Comment

यूएईस्थित अल अहलियाबाट आईएमई मार्फत् नेपाल पैसा पठाउनेलाई घडी उपहार

 

१९ माघ, काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमईले यूएईस्थित अल अहलिया एक्सचेन्जको कुनै पनि शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।

योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्न सक्नेछन् भने त्यही कुपन देखाएर दोस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिने छ । यो योजना यही फेब्रवरी महिनाबाट शुरु भई मार्च महिनाको अन्त्यसम्म लागु हुनेछ । प्रति कारोबार एक हजार दिरामभन्दा माथिको रकममा मात्र यो योजना लागु हुने कम्पनीले बताएको छ ।

नेपालमा रेमिट्यान्स व्यवसाय संस्थागत गरेको मुख्य श्रेय आईएमईलाइ जान्छ । पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिट्यान्स सेवालाई मुख्य प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment