Comments Add Comment

आजदेखि प्रिपेड मोबाइलमा पनि फोर-जी सुरू

दूरसञ्चारका अध्यक्षले भनेः एडिएसएल छाडेर नयाँ प्रविधिमा जानुस्

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले अाजदेखि जीएसएम प्रिपेड ग्राहकलाई फोर-जी सेवा सुरू गरेको छ । टेलिकमले १३ औं वार्षिकाेत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा समेत फोर जी सेवा सुरु गरेको हो । यससँगै टेलिकमले एडिएसएल प्याकेजमा पनि सस्ताे बनाउने घोषणा गरेको छ । पोखरा र काठमाडौंका टेलिकमका ग्राहकले मात्रै यो सेवा पाउने छन् ।

पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएपछि टेलिकमले प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा सुरू गरेको हो ।

गत पुस १७ गतेदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वार्षिक उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । पोखराको लेकसाइड र न्युरोड क्षेत्रमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउनेछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।

आइफोन-सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर-जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि  सुरू गरेकाे छ ।

एडिएसएल छाडेर नयाँ प्रविधिमा जानुस्: दूरसञ्चारका अध्यक्ष

टेलिकमको वाषिर्कोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एडिएसएल छाडेर नयाँ प्रविधियुक्त सुविधा दिन निर्देशन दिएका छन् । उनले एडिएसएललाई छाडेर नयाँ प्रविधि एफटीटीएचमा जान टेलिकमलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष झाले सिडिएमएलाई पनि माया गरिरहनु नपर्ने बताएका छन् । त्यस्तै उनले अन्तर्राष्ट्रिय आगमन कलको मूल्य घटाउने भन्दा पनि नेपालबाटै सस्तोमा विदेश फोन गर्ने वतावरण बनाउन टेलिकमलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment