Comments Add Comment

टेलिकम सेवामा छुटैछुटः रिचार्जमा बोनस, सस्तो डाटा र इन्टरनेट स्पीडको फ्रीअपग्रेड


२२ माघ, काठमाडौं । नेपाल टेकिलमले आफ्नो १३ औं वाषिर्क उत्सवका अवसरमा विभिन्न आकर्षक छुट तथा डाटा प्याकेज योजना सार्वजनिक गरेको छ ।

टेलिकमले आफ्नो अनलिमिटेड एडिसएसएल सेवामा अहिलेकै शुल्कमा ब्याण्डविथको स्तरोन्नति  (अपग्रेड) गर्ने घोषणा गरेको छ । अब अहिले ग्राहकले तिरिरहेकै शुल्कमा तीव्रगतिको इन्टरनेट पाइनेछ ।

१९२ केबिपिएस गितको एडिएसएलका ग्राहकले अहिलेको ९ सय रुपैयाँका शुल्कमा अब २५६ केबिपिएसको इन्टरनेट पाउनेछन् । यसैगरी ३८४ केबिपिएस गतिको इन्टरनेटका ग्राहकले साविककै १५ सय रुपैयाँ शुल्कमा ५१२ केबिपिएसको इन्टरनेट उपयोग गर्न पाउने भएका छन् ।

अब ५१२ केबिपिएसको इन्टरनेट चलाइरहेका एडिएसएलका ग्राहकले ७३८ केबिपिएसको इन्टरनेट गति प्राप्त गर्नेछन् । फागुन महिनामा ल्याण्डलाइनका ग्राहकले मासिक रेन्टल चार्जमा अतिरिक्त २५ कलको सुविधा पनि पाउनेछन् ।

भोलि आइतबारदेखि फागुन ७ गतेसम्म जिएसएम र सिडिएमए पि्रपेडका सबै रिचार्जमा ३ दिनको भ्यालिडेटी सहित बोनस पनि दिइनेछ । ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र ५ सय १०००को रिचार्जका १५ प्रतिशत बोनस पाइने भएको छ ।

यसैगरी फोरजीका नयाँ सस्क्राइबरले ४ दिनसम्म १० एमबीको डाटा निशुल्क पाउनेछन् । टेलिकमले शनिबारदेखि पोखरा र काठमाडौंमा पि्रपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको छ ।

यसैगरी फेरि सुरु भएको सिआरबिटी सेवामा प्रतिदिन एउटा गीताका दरले १५ दिनसम्म निःशुल्क उपलब्ध गराइनेछ । एउटा गीतको भ्यालिडिटी १० दिन रहनेछ ।

जिएसएम नेटवर्कका ग्राहकले २० रुपैयाँमा ५ दिन भ्यालिडिटी भएको १०० एमबीको डाटा उपलब्ध गराइने भएको छ । अन्य सस्तो डाटा प्याकेजहरु पनि टेलिकमले घोषणा गरेको छ ।

(थप छुट तथा प्याकेज माथिको तस्वीरमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment