+
+

हत्या गरी फालिएकी महिलाको शव फेला

रासस रासस
२०७३ माघ २२ गते २१:२२

२२ माघ, खोटाङ। हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो फेला परेको हो ।

मृत फेला परेकी अन्दाजी २८÷३० वर्षीया महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पुर्याइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए ।

घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या नै गरिएको हुनसक्ने प्रनाउ प्रधानको भनाइ छ ।

अहिलेसम्म हुलिया नखुलेकी मृत महिलाले रातो स्विटर, नाकमा फुली र हातमा चुरा लगाएकी घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । घटनाको अवस्था हेर्दा गएराति उनको हत्या भएको अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोलाको भौडीमा फालिएको अवस्थामा महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीका अनुसार आर्य मूलको अनुहार देखिने मृत महिला सो गाविसको नभएको बताइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?