Comments Add Comment

देउवाले मधेसी मोर्चाका नेतालाई बूढानीलकण्ठ बोलाए

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्दैछन् ।

आइतबार देउवाले मार्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।

पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवाले आज दिउँसो तीन बजे मोर्चाका नेताहरुलाई बुढानिलकण्ठमा बोलाएका छन् ।

मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभई निर्वाचनमा जान नसक्ने र सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने चेतावनी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान लिइरहेको छ भने मधेसी मोर्चाले संविधान संशोधनलाई नै निर्वाचनको बटमलाइन बनाएको छ ।

मोर्चाका नेताहरुसँग शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । सो छलफलमा कांग्रेस सभापति देउवा अनुपस्थित थिए भने देउवाले मोर्चाका नेताहरुसँग गर्न लागेको छलफलमा सरकारको नेतृत्वकर्ता दल माओवादी अनुपस्थित रहने स्रोतले बतायो ।

सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिए पनि मोर्चाको असहमतिका कारण निर्वाचनको मिति तोक्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment