Comments Add Comment

‘घुस्याहा’ अमिन ! अख्तियारबाट जोगिन अपहरणको उद्योग

४० लाख दिन्छुभन्दा पनि वयान फेर्न मानेनन् पीडितले


२४ माघ, बर्दिबास । एक लाख रुपैयाँ घुससहित पक्राउ परेका नापी कार्यालय महोत्तरीका अमिन सन्तोष महासेठ अपहरणकाण्डमा पनि मुछिएका छन् ।

महासेठ बर्दिबास-३ का एक व्यक्तिसँग घुस लिँदै गर्दा मंसिर ६ गते रंगेहात पक्राउ परेका थिए । अंशबण्डाका ३० वटा कित्ताकाट गर्नुपर्ने उनको काम थियो । अमिन महासेठले यसमा ३ लाख रुपैयाँ घुस मागे ।

डेढ लाखमा कुरा मिल्यो । ५० हजार सुरुमा दिएपछि अख्तियारमा खबर पुग्यो र, त्यहीँबाट १ लाख रुपैयाँ लिएर अमिनलाई बझाए । त्यही क्रममा महासेठलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले पक्राउ गर्‍यो ।

महासेठविरुद्ध विशेष अदालत, बबरमहलमा मुद्दा चलिरहेको छ । तर, महासेठ तारेखमा छुटेका छन् । र, फागुन १७ गते उजुरीकर्तालाई बयानका लागि बोलाइएको छ ।

थप ४० लाखको अफर

तारेखमा छुटेका अमिन महासेठले वयान फेर्न उजुरीकर्तालाई धम्क्याउन र फकाउन थाले । यसक्रममा उनले ४० लाख रुपैयाँसम्म अफर गरेका थिए । केस मिलाइदिनुपर्‍यो भन्दै उनी स्थानीय राजनीतिक दलका नेताहरुकहाँ पनि पुगे ।

तर, फकाउँदा नमानेपछि महासेठ उजुरीकर्तालाई लगातार धम्क्याउन थाले । फागुन १७ गते अदाललतमा उपस्थित नहुन वा वयान फेर्न भन्दै नभए जे पनि हुनसक्ने धम्की आइरहृयो ।

यसैवीच उजुरीकर्तालाई ४/५ दिन अगाडि जयप्रकाश साह नाम गरेका व्यक्तिले फोन गरेर भेट्ने प्रस्ताव राखे । महासेठको दबाव र धम्कीले आजित भएका उनले प्रस्ताव अस्वीकार गरे ।

अनि अपहरणको प्रयास

पैसाको लोभ देखाउनेदेखि धम्की दिनेसम्म काम गर्दा पनि सफल नभएपछि महासेठबाट उजुरीकर्ताको अपहरण प्रयास भयो ।

सोमबार विहानै जयप्रकासहित ६ जनाको समूह गाडी लिएर उजरीकर्ताको घरमा पुग्यो । उनीहरुले गाडीमा बसौं भन्दै कर गरे । तर, शंकास्पद गतिविधिका कारण उनी गाडीमा बस्न मानेनन् ।

त्यसपछि उनका भाइको घरमा बसेर कुराकानी गर्ने समझदारी भयो । कुराकानी चलिरहँदा वीचैमा कसैको फोन आयो । त्यसपछि उनी फोनमा कुराकानी गर्ने बहानामा अपहरणकारीको समूहबाट केही पर पुगे र त्यहीँबाट प्रहरी र अख्तियारमा खबर गरे ।

लगत्तै पुगेको प्रहरी र अख्तियारको टोलीले अपहरण गर्न आएकाहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment