+
+

नेप्सेले फेरी १३ सय बिन्दुमा टेवा परिक्षण गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २४ गते १६:१०


२४ माघ, काठमाडौं । गत साताको सोमबार १३ सयबाट दुई दिनमै ८० अंक जोड्न सफल भएको नेप्सेले त्यसपछि भने तीन दिनमा ४१ अंक गुमाएको छ । बढ्ने क्रममा वेग सहित एकोहोरो दरमा बढेको नेप्सेको घट्ने दरभने सुस्त देखिएको छ ।

बजारले हालसम्मको उच्च बिन्दुबाट लगभग ५ सय अंक गुमाइसकेकोले लगानीकर्ताहरु बजार धेरै तल नजानेमा आशावादी देखिएका छन् । यद्यपी बजारमा केही आधारभुत पक्षहरु कमजोर हुँदा बजार बढ्न पयाप्त अवसर मिलेको छैन् । निक्षेपको व्याज दर वृद्धि, मार्जिन कर्जा जारी नहुनु, लगानीकर्तालाई धितो रहेको सेयरको मूल्य घटेसँगै धितो बढाउन मार्जिन कल आउनु नै बजार घट्ने महत्वपपूर्ण कारण बनेको छ । त्यसबाहेक बजारमा सुचीकृत सेयरको संख्या (हकप्रद र बोनस) बढ्नु, केही कम्पनीहरु एफपीओ (नयाँ सेयर) जारी गर्ने तयारीमा रहनुले पनि बजारलाई प्रभाव पारेको हो ।

नेपाल लाइफ र नेपाल एसबीआई पछि स्ट्याण्डर्ड चार्टर्ड, प्रिमियम इन्स्योरेन्स एफपिओ निष्काशनको तयारीमा रहेको छ । शिखर इन्स्योरेन्सले पनि यस्तो प्रस्ताव सार्वजनिक गरेको छ । बजारको तुलनामा कम्पनीमा लगानी गर्न चहाने नयाँ लगानीकर्ताले पनि बजार मूल्यभन्दा कममा एफपीओ पाउँन सक्ने अवस्था रहेकोले पनि त्यसको पर्खाइमा लगानीकर्ता रहेका छन् ।

नेप्सेको रेखा चित्र हेर्ने हो भने १३०९ मा पुनः टेवा पाउन सक्ने सम्भावना भने रहेको छ । यो विन्दुमा टेवा पाएमा डब्लु आकृती बन्ने र यसआकृतीको ब्रेक इभन बिन्दु १४६५ कट्न सकेमा भने नेप्सेले पुनः केही समय वृद्धिको बाटो समात्ने छ । तर, प्राविधिक पक्षभन्दा आधारभुत पक्ष बजारमा बलियो रहेकोले लगानीकर्ताले पर्ख र हेरको रणनीति अपनाउँनु सही हुन्छ । अर्कोतर्फ नेप्से परिसूचकको रेखाको घटबढ बिन्दु रेञ्ज पनि साँघुरिएको देखिदैन् । बिक्री गर्ने चहानेले पनि केही समय कुर्नु राम्रो हुन सक्छ ।

यसदिन नेपाल टेलिकम सुचीकृत ‘अन्य’ समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । यस दिन कारोबार रकम घटेर २३ करोडमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?