Comments Add Comment

पाल्पामा जन्ती बोकेको जिप दुर्घटनाः चारको मृत्यु, १६ जना घाइते

२५ माघ, पाल्पा । पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभानको श्रीडाँडामा दुर्घटना भएको हो ।

मंगलबार राति भएको दुर्घटनामा जसविर बकावल मगर, मिनबहादुर थापा मगर, हरि बहादुर राना र यमबहादुर रानाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैजना दोभान २ देउरालीका हुन् ।

घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । १६ जना घाइतेमध्ये चार जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ ।

अत्यधिक ओरालो भएका कारण ब्रेक फेल भएर दुर्घटना भएका हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment