+
+

नार्कोसीको सहकार्यमा प्रेस काउन्सिलले सुरु गर्‍यो डिजिटल प्रेस क्लिपिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २५ गते ९:५३

२५ माघ, काठमाडौं । प्रेस काउन्सिल नेपालले नार्कोसी डटकमसँगको सहकार्यमा डिजिटल प्रेस क्लिपिङ सेवा सुरु गर्ने भएको छ ।

अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुलाई डिजिटल रुपमै एकीकृत गरी सेवाग्राहीलाई यस्तो सुविधा प्रदान गर्न लागिएको हो ।

हाल प्रेस काउन्सिलले बिभिन्न छापा माध्यममा प्रकाशित समाचारहरुलाई बिषयवस्तुका आधारमा एकीकृत गरी क्लिपिङ सेवा प्रदान गर्दै आएकोमा अबदेखि डिजिटल क्लिपिङ सेवा पनि सुरु गर्न लागेको प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए ।

यससम्बन्धी समझदारीपत्रमा आइतबार साँझ काठमाडौंमा नार्कोसी डटकमका प्रमुख कार्यकारी अधिकृत खेम शर्मा र प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालवीच हस्ताक्षर भयो ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा दुवै संस्थाका प्रमुख कार्यकारीले हस्ताक्षर गरेका हुन् ।

नार्कोसी डटकमका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले नेपालका पाँच सय भन्दा धेरै अनलाइनमा प्रकाशित समाचार नार्कोसीमा बिषयवस्तुका आधारमा खोज्न सकिने जानकारी दिँदै प्रेस काउन्सिलसँगको सहकार्यमा क्लिपिङ सेवालाई डिजिटलाइज गरिएको बताए । ‘यो डिजिटलाइजेसन प्रकृयाको सुरुवात मात्र हो,’ शर्माले भने, ‘हामी आगामी दिनमा अन्य क्षेत्रमा पनि डिजिटलाइजेसन गर्ने प्रकृयामा हाम्रो सीप उपयोग गर्न चाहान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?