Comments Add Comment

सिहदरबार पुनर्निर्माण गर्न समिति गठन

२५ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुल भवनको पश्चिमतर्फको भाग पुनर्निर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको सयोजकत्वमा समिति गठन गरेको छ ।

प्राधिकरणको मंगलबार बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशिघ्र प्रवलीकरण गरी पुननिर्माण गर्ने कार्य अघि बढाउन समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । समितिमा पुरातत्व बिभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, शहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद्हरु रोशन रञ्जितकार, सन्तोष श्रेष्ठ र रविन्द्र पुरी सदस्य छन् ।

समितिले यथाशिघ्र सिहदरवारको पश्चिमतिरको मुल भागलाई नभत्काएरै पुनर्निर्माणको काम अघि बढाउने प्राधिकरणले जनाएको छ ।

समितिलाई आवश्यक सल्लाह र सुझाव दिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा विभिन्न पुरातत्वविद् संरक्षणविद् लगायत रहेको सल्लाहकार समिति गठन भएको छ । सल्लाहकार समितिसंग आवश्यक परामर्श र छलफल गरि पराजुली संयोजकत्वको समितिले आफ्नो अघि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment