नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको भन्दै एक तस्बिर पोष्ट गरिन् । इन्स्ट्राग्राममा प्रियंकाले लेखेकी छिन्-‘मलाई लाग्छ म गर्भवती छु । यो बेबी डाइनोसर हो ।’
इन्स्ट्राग्राममा नायिकाले पोष्ट गरेको यो तस्बिरमा उनका फ्यानहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । तर, चलचित्र ‘बटरफ्लाई’को छायांकनमा रहेकी यी नायिकाले कपडा राखेरै आफू गर्भवती भएको सोच्न किन थालिन् होला ? रोचक मैनालीसँग बिहे गरेर केहि बर्ष अमेरिका बसेकी प्रियंका पछि उनीसँग वैवाहिक सम्बन्धबाट अलग हुँदै नेपाल फर्किइन् । उनले बेला-बेलामा बच्चा र बिबाहको कुरा गर्ने गरेकी छिन् ।
कतै, नेपालकी हट केक नायिकालाई फेरि बिहे गरेर सन्तान जन्माउने रहर त जाग्न थालेको होइन । कि, प्रियंका चर्चाकै लागि यस्तो उपाय खोजिरहेकी छिन् ? यो उनले नै जान्ने कुरा हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4