२७ माघ, काठमाडौं । सरकारले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भएको जघन्य घटना छानविन गर्न गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक बर्ष थप्ने निर्णय गरेको छ ।
दुई वर्षका लागि गठन भएको आयोगको म्याद आजबाट सकिदै थियो । तर आयोगले गर्नुपर्ने काम नसकिएकाले सरकारले पुनः एक बर्षको म्याद थप्ने निर्णय गरेको हो ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले म्याद एक वर्ष थप्न सरकारसँग माग गरेका थिए । सोही अनुसार सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4