+
+
Shares

विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा नेपाल सन्दिप लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते २०:०४

२८ माघ, काठमाडौं । नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।

‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् ।

सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ ।

विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो ।

अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ र, शीर्ष १० को नाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?