Comments Add Comment

चितवनको फुड फेस्टिबलमा रत्यौलीदेखि लभलेटर लेखन प्रतियोगितासम्म

१ फागुन, चितवन । चितवनको सौराहामा ११औं ‘सौराहा फुड फेस्टिबल-२०७३’ सुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्दै समग्र चितवनको विकास गर्ने उद्देश्यसहित शनिबारदेखि सुरु भएको फेस्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरिने छ ।

फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको छ । पाँच दिनसम्म चल्ने फेस्टिबलमा करिब ५० लाख रुपैयाँको कारोबार हुने लक्ष्य लिइएको फेस्टिबलका आर्थिक संयोजक गोकर्ण गिरीले बताए ।

फेष्टिवलको अवसरमा व्यवसायीहरुले खाना तथा आवासमा १५ प्रतिशत र सामान खरिदमा ३० प्रतिशत छुट दिइनेछ । त्यस्तै हात्ती सफारीमा पनि छुट दिईएको फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए । प्रेमीप्रेमिकालाई दिइने उपहार खरिदमा ३० प्रतिशत छुट दिइएको उनको भनाइ छ ।

प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको छ ।  फेष्टिबलमा ६० भन्दा बढी खानाका स्टल राखिएको छ ।

क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान)ले आयोजना गरेको फेष्टिवलको शनिबार संस्कृति तथा पर्यटन राजय मन्त्री इन्द्र बानियाँले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा मन्त्री बानियाँले देशको आर्थिक मेरुदण्ड भनेकै पर्यटन भएको भन्दै देशमा स्थायित्व आएसगैँ पर्यटन क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्ने बताए ।

कार्यक्रममा चितवनका सांसद शेषनाथ अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौत्तमलगायतले चितवयनको पर्यटकीय महिमाबारे वर्णन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment