Comments Add Comment

१३ जिल्ला अस्पतालमा विशेषज्ञसहितको आकस्मिक शल्यक्रिया सुरु

१ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयको योजना अनुरुप आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पतालहरुमा यो सेवा सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयले विशेषज्ञ तथा आकस्मिक शल्यक्रिया सेवा उपलब्ध नभएका ३० जिल्ला अस्पतालहरुमा यो सेवा सञ्चालन गर्ने योजना अनुसार पहिलो चरणमा १३ जिल्ला अस्पातलहरुमा सेवा सञ्चालन गर्न लागेको हो । बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरु गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

आजदेखि आकस्मिक शल्यक्रिया सेवा सुरु भएका जिल्ला अस्पतालहरुमा सर्लाही, धादिङ्ग, रोल्पा, गोरखा, नवलपरासी, अर्घाखाची, उदयपुर, धनकुटा, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङ्गको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङ्गको वुर्तिवाङ्ग रहेका छन् ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रतिष्ठानहरु तथा मेडिकल कलेजहरुसँगको सहकार्यमा यो सेवा सुरु गर्ने गरी केहीदिन अघि मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

मन्त्रालयको निर्णय अनुसार अबदेखि ती अस्पतालहरुमा विशेषज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएमसीएच चिकित्सकहरुलाई खटाइने मन्त्रालयको चिकित्सा मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment