Comments Add Comment

१ वर्ष यताकै न्युन बिन्दुमा नेप्से, कस्ता कम्पनी छान्ने ?

एकै दिन ३ प्रतिशत बढिले गिरावट

१ फागुन, काठमाडौं । नेप्से १ वर्ष यता कै न्युन बिन्दुमा आइपुगेको छ । गत वर्षको फागुन ४ गते नेप्से १२५७ मा रहेकोमा त्यसयता पहिलो पटक नेप्से १२५२ बिन्दुमा आइपुगेको छ । गत विहीबारको तुलनामा भने नेप्सेमा ३ प्रतिशतभन्दा धेरैले गिरावट आएको छ ।

बजार बढ्न आवश्यक आधारभुत पक्षमा सुधार हुन नसकेकै कारण बजार ओरालो लागेको हो । बैंकहरुबाट सेयर कर्जा लगानी नहुनु र सेयरको मूल्य घटेको कारण धितो थप्न मार्जिन कल आइरहेकोले पनि बढ्न सकेको छैन् । बैंकहरुले सेयर कर्जा नरोकेको भन्ने पछिल्लो भनाई आएको भएपनि उनीहरुले थप कर्जा लगानी गर्न सक्ने पुँजी नहुँदा एक किसिमले रोक्का जस्तै नै भएको छ ।

यस दिन बजारमा लगानीकर्ता भने देखिएका छन् बजारमा कुल ४९ करोड रुपैयाँको कारोबार हुनुले यही संकेत गर्छ । यसदिन होटेल बाहेक सबै समूहको परिसूचक भने घटेको छ ।

कस्ता कम्पनी छान्ने ?

१८ सय बिन्दुु माथी रहेको नेप्सेले ६ सयभन्दा धेरै अंक गुमाइसकेको छ । अहिले बजार निकै तल आइपुगेको छ यद्यपी तत्काल बढ्न सक्ने आधारहरु बनेका छैनन् । बैंकहरुबाट कर्जा लगानीमा सहजता नआएसम्म यसमा सुधार हुने देखिदैन् । बजारको यो वियरिश ट्रेण्ड कतिसमय चल्छ भन्ने यकिन गर्न सकिदैन् अहिले पनि बजारमा केही कम्पनीहरुमा लगानी बढाउँन सकिन्छ ।

लगानी गर्दा अल्पकालिनभन्दा पनि दिर्घकालिन लगानीको रुपमा हेर्नुपर्ने ब्रोकर अन्जन पौड्याल बताउँछन् । ‘ बजार बढ्ने आधार बनेको छैन् र बढि हाल्ने पनि छिटो छिटो गतिमा बढ्ने नहुनसक्छ, त्यसैले अल्पकालिन सोचले लगानी गर्नु सही हुँदैन्,’ पौड्यालले भने । अहिले बजारमा बोनस लाभांश वा हकप्रद घोषणा भएर पनि बुक क्लाज बाँकी रहेका कम्पनी लगानीको लागि छान्न सकिने देखिन्छ । यसले गर्दा कम्पनीहरुको मूल्य थप केही तल गएमा पनि प्राप्त हुने प्रतिफलले नाफा घाटा मिलान हुने देखिन्छ ।
बुक क्लोज भइसकेका कम्पनीहरुको मूल्यमा तत्काल वृद्धि हुने सम्भावना न्युन रहेको छ । बैशाखबाट तेस्रो त्रैमाशको वित्तीय विवरण आउँने भएकोले चैतको दोस्रो साताबाट भने अहिले लाभांश दिइसकेका कम्पनीको मूल्यमा केही वृद्धि देखिने सम्भावना रहेको छ । सरकारको खर्च पनि फागुन/चैतबाट बढ्नसक्ने भएकोले यसको प्रभाव पनि देखिन सक्छ । त्यसैले केही महिनामै सेयर बेच्ने सोचका साथ लगानी गर्न नहुने विश्लेषकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment