Comments Add Comment

साहित्यमा जुर्मुराउँदै युएईको नेपाली डायस्पोरा

दुवई । मुर्झाएको युएईको नेपाली साहित्यिक डायस्पोरामा आशाका किरणहरु छाउन थालेका छन् । केही वर्षदेखि सुस्ताएको नेपाली साहित्यको माहोल पछिल्लो समयमा चलायमान भएको छ ।

कविता तथा गजल विधामा स्तरीय रचना गर्न सक्ने हस्तीहरु एकै थलोमा भेला भएर आफ्ना रचना सुनाउने र अरुका सुन्ने अभियानमा जुर्मुराउन लागेका छन् ।

यसै मेसोमा सिर्जना वाचन डबली, युएईको पाँचौं शृङ्खला फेब्रुवरी १० का दिनसम्पनन भएको यसका अभियन्ता तथा गजलकार जे. सागरले जानकारी दिए ।

डबलीको पाँचौं कार्यक्रममा करिब ५० जना सर्जकहरुले आफ्ना रचना वाचन गरेका थिए भने अग्रज साहित्यकार तथा कवि कृष्ण प्रसाईंलाई स्वागत तथा सम्मान गरिएको थियो ।

नेपाली र हिन्दी भाषामा गरी डेढ दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित गरिसकेका वयोवृद्ध ८२ वर्षीय अग्रज साहित्यकार डा.कृष्णजंग रानालाई सम्मान र उनको सिर्जनाको रस्वादन गर्न पाउँदा युएईको नेपाली साहित्य संस्थागत रुपमा पनि क्रियाशील भएको सहभागी भुपेन्द्र आचार्यले जानकारी दिएका छन् ।

युएईमा रहेर नेपाली साहित्य, संगीत, पत्रकारिता र समाजसेवाको क्षेत्रमा उल्लेख्य कार्य गरेका हस्तीहरु प्रत्येक दुई महिनाको फरकमा यसरी एकै थलोमा जम्मा भएर साहित्यको विकासमा टेवा पुर्याउन सक्रिय देखिएका छन् ।

कार्यक्रममा स्याङ्जा निवासी हाल कोरियामा कार्यरत स्रष्टा देव सागरको गजल कृति ‘असिनाको तिहुन’ को लोकार्पण गरिएको थियो ।

दुबई स्थित सिन्ध पन्जाब रेष्टुरेन्टको सभा कक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा युएईमा कार्यरत चार दर्जन भन्दा बढी सर्जकले आफ्नो सिर्जना वाचन गरेका थिए ।

नियमित सिर्जना वाचनको अलावा यस शृफ्लामा अन्य विशेष कार्यक्रमहरु समेत रहेका थिए । सोही कार्यक्रममा पाँच वर्षदेखि युएईमा रहेर नेपाली साहित्य, कला, पत्रकारिता र समाजसेवाको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएका र निकट भविष्यमै युएई छोडेर नेपाल फर्किन लागेका सर्जक मोहराज शर्मा ‘मोहन’लाई सम्मान सहित बिदाई गरिएको थियो ।

डबली संचालन पश्चात हालसम्मकै धेरै सर्जक र दर्शकको उपस्थिति रहेको कार्यक्रममा युएईका एक दर्जनभन्दा बढी सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

डबलीमा पहिलोपटक उल्लेख्य संख्यामा युएईका पुराना सक्रिय कवि तथा साहित्यकारहरु जम्मा भएका थिए ।

कार्यक्रमको नियमित सिर्जना वाचन अन्तर्गत डबलीका संरक्षक टक गुरुङ, दलवीर सिंह बराइली ‘घायल’, जे.सागर, कान्छो भुपेन्द्र आचार्य, दूरबस्तीको शिशिर, ऋषिराम पोखरेल, शाश्वत ढुङ्गाना, खगेन्द्र समर्पण न्यौपाने, सन्दिप अधिकारी, चन्ऽमन निलओम, सुरज राना, लक्ष्मण कुँवर, टपन जी, एम. प्रतीक संग्रामी, राजु भण्डारी, तेज राई, अथाह सागर तीर्थमान, सेल्कर पाखि्रन तामाङ, महेन्द्र चपागाई, घायल दीपक कार्की, वीरमनी ढकाल, प्रमोद निषाद, लोकेश संघात, अमन एकल, कृष्ण विश्वकर्मा, कमल के थापा, ओमकुमारी खाँण, इन्धन डिबि भण्डारी, शक्ति राई, सन्दिप भट्ट, घायल मुटु, सरोज सङगम, सुशीला भण्डारी, भीमराज नेपाल, उमेश राई, रमेश क्षितिज बराल, चन्द्र सम्बाहाम्फे लिम्बु, अमृत क्षेत्री, मोहराज शर्मा मोहन लगायतका सर्जकहरुले आफ्नो सिर्जना वाचन गरेका थिए ।

प्रत्येक दुई महिनाको अन्तरालमा आयोजना गरिने उक्त कार्यक्रम गत वर्षको अपि्रल महिनाबाट शुरु भएको हो । कार्यक्रममा वाचन भएका सिर्जनाहरुको नेपालका विभिन्न रेडियो स्टेसनबाट अडियो र लाइक नेपाल डट कम मार्फत् भिडियो प्रशारण गर्ने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment