+
+
Shares

टेलिकमको एसएमएस सेवा अवरुद्ध, लाखौं सेवाग्राही मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते १५:४१


२ फागुन, काठमाडौं । नेपाल टेलिकमको जिएएसएम प्रिपेड र पोस्टपेडमा एसएमएस सेवा अवरुद्ध भएको छ । टेलिकमले एसएमएस सेवामा समस्या आएको भन्दै सुचारु हुन केही समय लाग्ने बताएको छ ।

प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको बताउँदै टेलिकमका प्रवक्ता सोभन अधिकारीले समस्या सुल्झाउन प्रयत्न भइरहेको बताए ।

‘के कारणे समस्या आयो भन्ने पत्ता लागिस्क्यो । अहिले सिस्टमलाई मर्मत गनर्ने काम भइरहेको छ’ अधिकारीले भने,’केहीबेरमा समस्या हट्छ ।’

दिउँसो दुईबजेदेखि मोबाइलमार्फत हुने एसएमएसमा समस्या आएको हो । टेलिकमले भने ३ बजेपछिमात्रै आफूले यसको जानकारी पाएको बताएको छ ।

सेवा अवरुद्ध हुँदा टेलिकमका लाखौं प्रयोगकर्ता समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?