Comments Add Comment

‘ठूला घरानाका बैंकले निम्त्याए पुँजी अभाव समस्या’


३ फागुन, काठमाडौं । बैंकिङ क्षेत्र भित्रै पुँजी अभाव समस्या निम्तनुमा को दोषी भन्ने प्रश्न उठ्न थालेका छन् । वाणिज्य बैंकहरु यो विवादमा नओर्लिएपनि बिकास बैंक र वित्त कम्पनीहरुले यसको दोषीको रुपमा वाणिज्य बैंकहरुलाई औंला ठड्याउन थालेका छन् ।

‘सरकारी लगानीका वाणिज्य बैंकले पुँजी अभाव भएर निक्षेपको व्याज दर बढाएका छैनन्, यो ठुला घरानाका बैंकहरुले गरिरहेका छन्,’ डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष कृष्ण लामिछानेले बताए ।

यस्ता बैंकहरुलाई पुँजी वृद्धि भए अनुसार नाफा वृद्धि बढाउँन दबाब परेकोले यस्तो भएको उनको भनाई छ ।
‘तपाईं (व्यवसायी)हरु आफ्नो लागि कर्जाको व्याज दर नबढाउनुहोस भन्नु हुन्छ तर प्रतिफल पनि उच्च माग्नु हुन्छ त्यही भएर वाणिज्य बैंकहरले आक्रामक रुपमा कर्जा बिस्तार गरेर र यो समस्या आयो,’ लामिछानेले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा भने ।

बैंकहरुले यो समय बढि मुनाफा खोज्नेभन्दा निक्षेप र कर्जाको व्याजअन्तर (स्प्रेड दर) कम गर्नुपर्ने उनको सुझाव थियो । यता, वाणिज्य बैंकहरले पनि पुँजी वृद्धिको कारण आक्रामक कर्जा बिस्तार गर्न परेको स्वीकार गरेका छन् ।

‘पुँजी वृद्धि र सरकारले चाँडै बजेट ल्याएकोले चाँडै खर्च हुने अपेक्षामा कर्जाको विस्तार बढ्न गएको हो, तर अब निक्षेपको वृद्धिदर अनुसार नै कर्जाको बिस्तार हुनेमा म विश्वस्त गराउन चहान्छु,’ नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिल शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment