
१० चैत्र, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता छबिलाल बिश्वकर्माले सातै प्रदेशका अस्थायी मुकामलाई स्थायी बनाउन ढिला गर्न नहुने बताएका छन् ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसदसमेत रहेका बिश्वकर्माले अहिले कायम रहेका ७ वटै मुकामलाई स्थायी र नामाकरण गरिहाल्नुपर्ने बताएका हुन् । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी बुटवल नै हुनुपर्ने उनको माग छ ।
‘अब यस्लाइ चर्चा र बहसको बिषय बनाउन जरुरी छैन,संसारले मानेको बुद्ध जन्मस्थल लुम्बिनी नै नामको लागि उत्तम छ,राजधानी त बुटवल माइन्डसेट भइसक्यो,’ उनले भने, ‘अब यहा पूर्वाधार पनि बनिसके,नाम पनि सर्बमान्य लुम्बिनी नै हो यसमा अब धेरै घुमाउरो कुरा गर्नुपरेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4