+
+

दलहरुलाई नागरिक अगुवाको खबरदारीः संविधानभन्दा माथि भएको भ्रम नबोक्न

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १९:५६

३ फागुन, काठमाडौं । नागरिक अगुवाहरुले आफूलाई संविधानभन्दा माथि भएजस्तो भ्रम नबोक्न राजनीतिक दल र सरकारलाई खबरदारी गरेका छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व निर्वाचन आयुक्त भोजराज पोखरलसहितका नागरिक अगुवाहरुले तत्काल चुनाव घोषणा गर्न पनि माग गरेका छन् ।

मंगलबार राजधानीमा कार्यक्रम गरी नागरिक समाजका अगुवाहरुले संवैधानिक र राजनीतिक जटिलता निम्त्याउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

लोकतन्त्रले अनिर्वाचित संसद र सरकारको परिकल्पना गर्न नसक्ने भन्दै उनीहरुले संविधान भन्दामाथि भएजस्तो भ्रम नबोक्न र त्यस्तो व्यवहार नगर्न राजनीतिक दल र सरकारलाई सचेत गराए ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने, संविधान र जनताका कुनै पनि समस्याको समाधान वैधानिक बाटोबाट खोज्जुपर्छ र, त्यो बाटो निर्वाचनबाट खुला हुन्छ ।’

नागरिक प्रतिरक्षक समूह संयोजक समेत रहेका श्रेष्ठले चुनाव नहुने हो भने संविधान ल्याउनुको के अर्थ रहन्छ र ? भनी प्रश्न गरे । ‘अहिले दल बलियो, लोकतन्त्र कमजोर भएको छ, चुनाव गर्ने निकाय, जनशक्ति र बजेट छ भने मिति तोक्न केले अड्कियो त ?’ उनले भने ।

नागरिक अगुवाले २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने गरि अबिलम्ब निर्वाचनको मिति तोक्न तथा आवश्यक कानुन निर्माण पनि माग गरे ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, कांग्रेस र माओवादीले संविधानको रक्षा गर्ने हो भने चुनाव हुन्छ । यदि उनीहरुले चुनाव नै गर्दैनौं भने गर्ने के छलफल गर्नुपर्छ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले संविधानसभाले संविधान दिए पनि नेतृत्व गर्नेले मुलुकलाई सही मार्गमा हिँडाउने प्रयत्न नगर्दाको परिणाम राजनीतिकले स्थायित्व र सरकारले स्थिरता पाउन नसकेको टिप्पणी गरे ।

कार्यक्रमपछि निर्वाचन आयोगका पुर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेती, पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, संविधानविद् निलाम्बर आचार्य, डा. भगवान कोइराला लगायत विभिन्न क्षेत्रका ६४ जना अगुवाले संयुक्त वक्तव्य जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?