Comments Add Comment

यी हुन् उत्कृष्ट फोटो खिच्ने ५ स्मार्टफोन

आजको दुनियामा स्मार्ट फोन बहुउपयागी छ । यसको प्रयोग कुरा गर्न मात्र नभएर फोटो खिच्नदेखि गीत सुन्न र फिल्म हेर्नसम्म हुन्छ । यहाँ हामी फोटो खिच्नका लागि बजारमा उपलब्ध सबैभन्दा उत्तम ५ स्मार्टफोनको विषयमा जानकारी दिदैछौ ।

१. एप्पल आइफोन ७ प्लसः
यो फोनलाई यसको डुअल क्यामरा सेटअपको कारणले मात्रै पहिलो नम्बरमा राखिएको होइन, बल्कि आज बजारमा उपलब्ध कुनै पनि स्मार्टफोनले यत्तिको गतिलो फोटो खिच्न सक्दैन । यसको क्यामराले ‘बोकेह इफेक्ट’ पैदा गर्छ । अर्थात् प्रयोगकर्तालाई सबैभन्दा बढि मन पर्ने ब्लर्ड ब्याकग्राउन्ड । यस स्मार्टफोनको क्यामरा हरेक खालको प्रकाशको अवस्थामा उत्कृष्ट फोटो निकाल्न सक्षम छ । यसको रियरमा १२ मेगापिक्सल र फ्रन्टमा ७ मेगापि्रक्सलको क्यामरा रहेको छ ।

२. गुगल पिक्सेल एक्सएल
समग्र विशेषतामा पिक्सेल एक्सएलले आइफोन ७ प्लससँग प्रतिस्पर्धा गर्न सक्दैन तर आजको मितिमा यो एन्ड्रोइडमा सबैभन्दा राम्रो फोन हो । यो स्मार्टफोनको क्यामराले एकदमै विस्तृत ढंगले फोटो क्लिक गर्छ । यसको क्यामरा प्रयोग गर्नुहुन्छ भने दिउसो फोटो क्लिक गरेर हेर्नुस, यसले आइफोन ७ प्लसभन्दा पनि राम्रो नतिजा दिनेछ । कम प्रकाशको अवस्थामा भने यो अलिकति चुक्छ र उत्तिकै राम्रो फोटो निकाल्न सक्दैन । यसमा १२ मेगापिक्सलको रियर र ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

३. सामसुङ ग्यालेक्सी एस ७ एज
सामसुङको यो फ्ल्यागसिप स्मार्टफोन क्यामरालाई छोडेर पनि उपलब्ध उत्कृष्ट स्मार्टफोनमा पर्छ । यसमा १२ मेगापिक्सलको रियर क्यामरा छ भने ५ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ । यसको क्यामरा फास्ट अटोफोकस मोडमा जान्छ । यसका अलावा फेस डिटेक्सन, एचडिआर, प्यानोरोमा, जियो ट्यागिङ, डिजिटल जूम जस्ता फिचरहरु पनि यसमा छन् ।

४. एप्पल आइफोन ७
एप्पलको यो फोन ग्लोक्सी एस ७ एजको तुलनामा अलिकति पछाडि छ । यसकोउ क्यामराले त्यति फाइन इमेज डिटेल दिँदैन । साथै इमेज नयसको मामलामा पनि अलिकति धर्मराउँछ । तैपनि यो स्मार्टफोनले सुन्दर तस्बिर निकाल्न सक्छ । यसको रियरमा १२ मेगापिक्सलको क्यामरा छ जुन अप्टिकल इमेज स्टेबलाइजेसनबाट सुसज्जित छ । यसमा एफ/१.८ को अपर्चर छ जिसको मतलब हो, यसले लो लाइटमा पनि उत्तम क्वालिटीको फोटो निकाल्छ । यसको फ्रन्ट क्इामरा ७ मेगापिक्सलको छ ।

५. एप्पल आइफोन ६एस प्लस
यस फोनको क्यामरा १२ मेगापिक्सलको छ जुन सोनीको सेन्सरबाट सुसज्जित छ । यसमा एक अलग प्रकारको प्रविधि पनि छ जुन रंगको सन्तुलन मिलाउन विशेष प्रकारले बनाइएको छ । तर यसले लो लाइटमा राम्रो नतिजा दिदैन । यसमा सेल्फीको लागि ५ मेगापिक्सलको क्यामरा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment