Comments Add Comment

नर्सरीबाटै मनग्ये आम्दानी

रासस


४ फागुन, पथरी (मोरङ)। विराटनगर–१३ निवासी रीतादेवी सिंहले पुष्पवाटिका नामक नर्सरी सञ्चालन गरेको १३ वर्ष भयो । ५० हजार लगानीबाट व्यवसाय सुरु गर्नुभएकी सिंहले निरन्तर रातदिन केही नभनी मिहेनत र परिश्रम गरिरहिन् ।

उनले निरन्तर परिश्रम गरिहहे र फल पनि मिठै पाइन् । उनको आर्थिकस्तरमा निकै परिवर्तन आयो । मोरङको सिसवनी जहदामा जन्मनुभएकी सिंहले नर्सरी सञ्चालन गरेर कमाएको मुनाफाले २०७३ सालमा विराटनगर उपमहानगरपालिकामा घडेरी किनेर आफ्नै घरसमेत बनाउन सफल भएकी छिन् ।

सिंहले उत्पादन गरेका बिरुवा विराटनगरलगायत आसपासका गाउँबाट खरिद गर्न मानिस आउने गरेका छन् । विभिन्न प्रजातिका फूलका बिरुवा यहाँ पाइने गरेको छ । केही आफँै उत्पादन गर्छन् भने भारतको कलकत्ताबाट समेत बिरुवा आयात गर्ने गरेका छन् । फूलका बिरुवाको बिक्रीबाट मात्र उनले अहिले मासिक  २० हजारभन्दा बढीको आयआर्जन गर्दै आएकी छिन् । त्यही आम्दानीबाट उहाँले आफ्ना एक छोरा र एक छोरीलाई राम्रो विद्यालयमा पढाइ रहेका छन् ।

छोरा कक्षा १२ मा अध्ययन गिररहेका छन् भने छोरी कक्षा ११ मा पढिरहेका छन्। त्यति मात्र होइन उनले सञ्चालन गरेको पुष्पवाटिकामा चारजनालाई रोजगारीको अवसरसमेत दिइन्। आफूले सञ्चालन गरेको व्यवसायबाट निकै सन्तुष्ट रहेको उनको भनाइ छ ।

उनी भन्छिन्, “हिम्मत र मिहेनत गरेर अगाडि बढे यो दुनियाँमा असफलता भन्ने कुरा केही छैन । उनी मात्र होइन उद्यम गर्ने हो भने न त ठूलो ठाउँ चाहिन्छ, न त धेरै सम्पत्ति । आफूसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गरी मिहेनत गर्ने हो भने जो कोही पनि सफल उद्यमी बन्न सक्छन् ।”

त्यसको उदाहरण विराटनगर बजारमा बसेर फलफूलका बिरुवाको व्यवसाय गर्नेले प्रदर्शन गरेका छन् । उनीजस्ता धेरै थोरै लगानी गरेर जमिन लिजमा लिएर नर्सरी सञ्चालन गर्नेले व्यवसायमा सफल मात्र भएका छैनन् प्रशस्त आयआर्जन गरी आनन्दको जिन्दगी बाँचिरहेका छन् । विराटनगरमा करिब एक दर्जन नर्सरी सञ्चालनमा छन् । ती नर्सरी थोरै लगानीबाटै सञ्चालनमा ल्याइएको हो । तर अहिले ती नर्सरी सञ्चालक निकै मुनाफामा छन् ।

विराटनगरको हिमालय नर्सरीका सञ्चालक रामसकल यादवले करिब १० वर्षपहिले पनि  ६० हजारको लागानीमा नर्सरी सुरु गरेका हुन् । तर अहिले दैनिक २० को आम्दानी गर्छन् । सो नर्सरीमा ६ जना कामदार छन् । उहाँ जस्ता धेरै नर्सरी सञ्चालक मिहेनत गरेर सफल उद्यमी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment