+
+

जेल जानुअघि शशीकलाको डिमान्डः पलङ, टीभी र एक सेवक चाहियो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ४ गते १७:०७


४ फागुन, काठमाडौं । मुख्यमन्त्री बन्ने प्रयासमा लागेकै बेला भारतको सर्वोच्च अदालतले ४ वर्षको जेल सजाय सुनाएपछि एआइएडिएमकेकी नेता शशीकला आत्मसमर्पण गर्न बैंगलौरतर्फ प्रस्थान गरेकी छिन् ।

जेल प्रस्थान गर्नुअघि उनले पूर्वमुख्यमन्त्री स्व. जयललिता र एमजीआरको समाधिमा श्रद्धान्जली अर्पण गरिन् ।

अकुत सम्पत्ती आर्जन सम्बन्धी मुद्दामा मंगलबार भारतको सर्वोच्च अदालतले शशिकलालाई दोषी ठहर्‍याउँदै चार वर्षको सजाय सुनाएको थियो ।

जेल जानु अघि उनले केही शर्तहरु राखेकी छन् । यसमा उनको लागि अलग्गै सेल, टीभीको व्यवस्था आदि छन् । शशीकलाको डिमान्ड लिस्ट यस्तो छः

– शशीकलाको लागि बेग्लै सेल
– उनको सेलमा पलङ र टीभीको व्यवस्था
– शशीकलालाई हत्कडी नलगाइयोस्
– सेलमा उनलाई एक सेवक पनि दिइयोस्
– वेस्टर्न ट्वाइलेट
– २४ सै घन्टा तातो पानी
– २४ सै घन्टा मिनरल वाटर
– जेलको सामान्य खाना खाने छैनन् शशीकला । उनको लागि घरको खाना खान अनुमति दिइयोस् । किनकी उनलाई डायबिटीजको समस्या छ ।

स्मरणीय के छ भने यसअघि सर्वोच्च अदालतले शशीकलालाई तुरुन्तै आत्मसमर्पण गर्न आदेश दिएको थियो । उनले आत्मसमर्पणका लागि समय माग गर्दै अपिल दिइएकोमा अदालतले त्यसलाई खारेज गरिदिएको थियो ।
अदालतले प्रष्ट शब्दमा आत्मसमर्पणका लागि शशीकलालाई समय दिन नसकिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?