Comments Add Comment

फ्रिजर अभावले शिक्षण अस्पतालका शव गनाउन थाले

६ फागुन, काठमाडौं । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो ।

दिउँसो घाम लागेको समयमा शवको दुर्गन्धले उपचारका लागि आएका बिरामी र तिनका कुरुवामा असर पुगेको फरेन्सिक मेडिसिन विभागका प्रा.डा. हरिहर वस्तीले जानकारी दिए । उनले अस्पतालमा मृत्यु भएका बिरामीको शवको व्यवस्थापन गर्ने निश्चित ठाउँ नभएका कारण पछिल्लो समय समस्या बढ्दै गएको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण फरेन्सिक मेडिसिन विभागलाई दैनिक काम गर्न कठिनाइ भएको छ । कम्तिमा पनि हरेक दिन १० वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । विभागसँग भएका वर्षौँ पुराना फ्रिजरहरू पनि काम नलाग्ने अवस्थामा छन् । राज्यलाई फरेन्सिक मेडिसिन विभाग भए–नभएकोबारे जानकारी नहुँदा ३०औँ वर्ष पुराना फ्रिजरबाट काम चलाइरहेको वस्तीले बताए ।

विभागसँग भएका सातवटा शव राख्ने फ्रिजरमध्ये तीनवटा काम नलाग्ने अवस्थामा थन्किएर बसेका छन् । आवश्यक उपकरणको अभाव र राज्यको बेवास्ताले शव व्यवस्थापन गर्न विभागलाई थप समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment