Comments Add Comment

माग पुरा गर्ने गृहमन्त्रीको बचनपछि जनकपुरको अनसन तोडियो


६ फागुन, काठमाडौं । सातबुँदे माग पुरा गर्ने सरकारी आश्वासनपछि नयाँ शक्ति पार्टीका नेताद्वय रामकुमार शर्मा र कलामुद्दीन राइनले १६ दिनदेखि जारी अनसन तोडेका छन् ।

शुक्रबार अनसनस्थल पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सातबुँदे मागलाई एक महिनाभित्र प्रक्रियामा लैजाने र छिट्टै कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएका छन् । यसका लागि सात सदस्यीय समिति तीन दिनभित्र गठन गर्ने सहमतिमा उल्लेख छ ।

यो सहमतिपछि गृहमन्त्री निधिले आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक शर्मा र राईनलाई जुस खुवाएर अनसन तोडाएका छन् ।

माघ २० गतेदेखि जनकपुरमा आमरण अनसन बसेका शर्मा र राईनले विभिन्न ७ वटा मागहरु राखेका छन् । उनीहरुको पहिलो माग धनुषाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी जनकपुरको विकास विरोधी भएकाले उनीहरुलाई सरुवा गर्नुपर्छ भन्ने छ । भ्रष्टाचारमा मुछिएका परिषदका कार्यकारी उमेशकुमार यादवलाई संरक्षण गरेको भन्दै अनशनकारीले सिडिओ र एलडीओको सरुवा मागेका हुन् ।

अनसनकारीको दोस्रो माग छ- जनकपुर मन्दिरमा महन्थहरुका नाममा रहेको हजारौं विगाह गुठीको जग्गा भूमाफिया, प्रशासक र नेताहरुले नक्कली प्रमाण बनाई कब्जा गरेको हुनाले फिर्ता गरियोस् । र, रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गरोस् ।

त्यसैगरी अनसनकारीहरुको अर्को माग छ- राजर्षी जनकको राजधानी जनकपुरमा अन्तरराष्ट्रिय विमानस्थल बनाइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment