Comments Add Comment

‘साइली’ गीत हिट भएपछि अब फिल्म नै बन्ने


यतिबेला विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै युटुबमा गीत भाइरल भएपछि एल्बम सार्वजनिक गरिएको हो । कलाकार टीका पहारी, संगीतकार न्ह्रयू बज्रचार्यले एकसाथ गीत विमोचन गरेका थिए ।

‘साइली’ बोलको गीतको भिडियोलाई अहिले युटुबमा ३५ लाख भन्दा बढी पटक हेरिएको छ । कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको यो गीतको लिरिकल भिडियो नै हिट भएको थियो । त्यसको केहि समयपछि भिडियो रिलिज गरिएको थियो ।

भिडियो पनि युटुबमा भाइरल भैरहेको छ । लामो समयपछि, कुनै आधुनिक गीतले युटुबमा यस्तो राम्रो चर्चा पाएको हो । एल्बम विमोचनमा बोल्दै गायक हेमन्त रानाले ‘साइली’को हिरो संगीतकार बास्कोटा रहेको बताए । उनले आफू प्रस्तोता मात्र भएको बताए । कार्यक्रममा गीतका मोडल गौरव पहारी र गायक हेमन्त रानाले संचालनमा ल्याएको जीएच इन्टरटेनमेन्टको पनि औपचारिक घोषणा गरिएको थियो ।

कार्यक्रममा बोल्दै गीतका मोडल तथा जीएच इन्टरटेनमेन्टका संचालकमध्येका एक गौरव पहारीले ‘साइली’माथि चलचित्र बनाउने घोषणा गरे । उनले, सुरुवातमा गीत तयार गर्दा नै चलचित्र बनाउने सोच राखेको र अब गीत हिट भएपछि चलचित्रको काम पनि अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment