
८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्याविरुद्धको खेलको तयारीका लागि नेपाली टोली यसैसाता दिल्ली जाने भएको छ ।
नेपाली टोली यही शुक्रबार दिल्ली जाने कार्यक्रम छ । नेपाली टोली नेयाडामा बस्ने र स्थानीय टोलीसँग तीन अध्यास खेल खेल्ने तय भएको छ ।
तर, कुन टिमसँग खेल्ने भन्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले तय गर्ने बताइएको छ ।
भ्रमण टोलीमा कप्तान पारस खड्का भने सहभागी हुने छैनन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ र, एक कम्तिमा साता आराम गर्न भनिएको छ ।
नेपाली टोली २० गते र्फकने छ । नेपाल र केन्याबीच फागुन २८ र ३० गते कीर्तिपुरमा खेल हुनेछ ।
प्रतिक्रिया 4