+
+
Shares

एनआरएनका संस्थापक उदास म्यानमारका राजदूत सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते १८:४१

९ फागुन, काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ एनआरएनका संस्थापक भीम उदार म्यानमारको राजदूतका लागि सिफारिस गरेको छ ।

आजको मन्त्रिपरिषद बैठकले भोजपुरका उदासलाई म्यानमारको राजदूतावासको जिम्मेबारी दिने निर्णय गरेको हो । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका हुन् ।

विश्व खाद्य कार्यक्रमका कन्ट्री म्यानेजर रहेका उदास लगायतको सक्रियतामा सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो । संघको पहिलो कार्यकालमा उनी अन्तर्राष्ट्रिय समन्वयप्रमुखको रुपमा काम गरेका थिए ।

सन् २०१२ मा उनलाई जोर्डन सरकारले अवैतनिक महाबाणिज्य दूत नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?