Comments Add Comment

जनकपुरमा मधेसी मोर्चा र एमाले कार्यकर्ताबीच झडप, बामदेव बसेको घर घेराउ

११ फागुन, काठमाडौं । जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर घेराउ गरेका छन् । गाैतम एमाले नेता रघुवीर महासेठको घरमा बसेको थाहा पाएपछि माेर्चाका कार्यकर्ताले घेराउ गरेका हुन् ।

स्थानीय तहको चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, गौतम त्यहीँ बसेका थिए ।

मोर्चाका कार्यकर्ताले महासेठको घर घेराउ गरेपछि तनाव उत्पन्न भएको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले शान्तिपूर्णरुपमा र्‍याली निकाल्न खोज्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको बताए ।

उनका अनुसार झडपका क्रममा राजु साह, कुलदीप साह लगायत घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तस्वीर उपेन्द्र महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment