+
+
Shares

भक्तपुर मालपोतका दुई कर्मचारीसहित तीनजना घुस लिँदालिँदै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १२ गते १५:१०

१२ फागुन, काठमाडौं । मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने सुरसारमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखनदास घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित मालपोत कार्यालय भक्तपुरका नायव सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहायक केशव खत्री र मतियारका रुपमा रहेको लेखनदास बिष्णु निसुतुलाई भक्तपुरको सुवर्ण भोजनालयबाट घुससहित नियन्त्रणमा लिइएको हो ।

नायव सुब्बा बुढाथोकीको साथबाट घुस रकम ३ लाख र श्रोत नखुलेको १ लाख ४ हजार ५००, खत्रीको साथबाट घुस रकम १ लाख र श्रोत नखुलेको २९ हजार ५०० तथा निसुतुको साथबाट १ लाख श्रोत नखुलेको रकम बरामद गरिएको अख्तियारको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?