+
+

मदिरा नियन्त्रण नीतिमा पुनर्विचार गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते ६:४०

१६ फागुन, काठमाडौं । सरकारले मदिराको प्रयोग र विक्रीवितरणमा नियन्त्रण गर्ने गरी ल्याएको मदिरा नियन्त्रण नीतिमा पुनर्विचार गर्नुपर्ने मागसहित सरोकारवालाहरुले स्वास्थ्यमन्त्री गगन थापाको ध्यानाकर्षण गराएका छन् ।

आजको अभियान दैनिकमा उल्लेख भएको समाचार अनुसार स्वास्थ्य मन्त्रालयको पहलमा गत साताको मन्त्रिपरिषद् बैठकवाट पारित् ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण निती २०७३’ले देशभर व्यवसाय गरिरहेका २ लाख बढी व्यवसायी प्रभावित हुने व्यवसायीले बताएका छन् ।

यो नितीले व्यवसायीहरु पेशावाटै पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै सरकारी नितीको केही विषय हटाउनुपर्ने व्यवसायीको माग रहेको छ ।

सरकारले अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा मदिरा व्यवसाय धरापमा पार्ने उद्देश्यले नीति ल्याएको नेपाल मदिरा व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?