Comments Add Comment

स्थानीय चुनावमा हेलिकोप्टर प्रयोगमा रोक


१८ फागुन, काठमाडौं । आगामी स्थानीय तहको चुनावमा हेलिकोप्टर प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइने भएको छ ।

मन्त्रीहरुसँग बुधबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रयाद यादवले भने, ‘हेलिकोप्टर प्रयोग पूर्ण निषेधित छ किनकी यो गाउँपालिकाको चुनाव हो ।’

निर्वाचन आयोगले भने हेलिकोप्टर प्रयोग गर्ने भन्दै उनले भने, ‘हेलिकोप्टर प्रयोग गर्न कसैले पनि पाउँदैन, आयोगले मात्र पाउँछ ।’

उनले यसो भन्दा मन्त्रीसहित कार्यक्रममा सहभागीहरुबीचमा भने हाँसोको फोहोरा छुटेको थियो ।

उनका अनुसार निजी तथा सरकारी सबै होलिकोप्टर कम्पनीहरुसँग दैनिक उडान सूची मागिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment