Comments Add Comment

सिजनको अन्त्यमा बार्सिलोना छाड्ने प्रशिक्षक इनरिकेको घोषणा

१९ फागुन, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् ।

स्पेनिस ला लिगामा बार्सिलोनाले स्पेटिङ गिजोनमाथि ६-१ को जित हात पारेपछि ४६ वर्षीय इनरिकले आराम चाहिएको भन्दै क्लब छाड्ने बताएका हुन् ।

उनी तेस्रो सिजन बार्सिलोनाको प्रशिक्षक छन् । उनले पहिलो सिजन नै च्याम्पियन्स लिगसहित तीन उपाधि दिलाएका थिए । गत वर्ष ला लिगाको उपाधि दिलाए ।

तर, बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनमाथि ४-० को लज्जास्पद हार व्यहोरेको छ ।

प्रशिक्षक इनरिकेले यो तीन वर्ष अविश्मरणीय रहेको भन्दै क्लब बार्सिलोनालाई धन्यवाद दिए । तर, क्लबमा रहँदा आराम गर्ने समय निकै कम पाएकाले सिजनको अन्त्य यसका लागि उपयुक्त समय भएको बताए ।

बार्सिलोनाका अध्यक्षले प्रशिक्षक इनरिकेको निर्णय क्लबले स्वीकार गर्ने बताएका छन् । इनरिकेले क्लबलाई ठूलो सफलता दिलाएको भन्दै उनले भने, उनी महान प्रशिक्षक हुन् । अब समय आएको छ कि उनको कार्यकालको सुखद अन्त्य गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment