Comments Add Comment

आखिर किन छ अझै नोकिया ३३१० को क्रेज ?

आफ्नो १७ वर्ष पुरानो ह्यान्डसेटलाई दोहोर्‍याएर बजारमा ल्याएर नोकिया फेरि चर्चामा आयो । प्रयोगकर्ताहले यो पुरानो ह्यान्डसेट ३३१० लाई मन पराइरहेका छन् ।

यो मोबाइल सन् २००० मा पहिलोपटक बजारमा आएको थियो । वर्षौंपछि बटनवाला, २ जी नेटवर्कमा चल्ने यो फोनको लन्चले संकेत गर्छ कि जहाँ दुनिया स्मार्टफोनको मामलामा ठूलो स्क्रीनबाला इन्टरनेटमा जिउने फोनतर्फ दौडिरहेको छ, पुरानो प्रविधिलालाई चाहनेहरु पनि कम छैनन् ।
आईडीसीको २०१६ को तेस्रो त्रैमासिको आँकडा हेर्दा यस्तो लाग्छ कि फिचरको बजार अझै बाँकी छ र सायद यही कारणले पुरानो फोन फेरि बजारमा उतारिएको छ ।

ध्यान दिएर हेर्दा हालका वर्षहरुमा बिस्तारै पुरानो प्रविधिप्रति मानिसहरुको प्रेम बढिरहेको छ र यसको कारण यस क्षेत्रमा तीव्ररुपमा भइरहेको विकास हो ।

द मिलेनियम सीइओका लेखक डेनियल न्यूम्यान स्वीकार्छन् कि कुनै पनि ग्याजेट ह्याकिङबाट बच्न सक्दैनन्, तर नयाँ प्रविधिबाला ग्याजेट यो मामलामा अत्यधिक कमजोर छन् ।

साँचो हो कि हामी अब केवल फोनबाट जोडिएका चीजहरुतर्फ हिँडिरहेका छौं र रोबोटको कुरा गर्न थालेका छौं ।

तर, यो पनि सत्य हो, सुरक्षा एउटा ठूलो मुद्दा बनिरहेको छ, यति ठूलो कि सरकारहरु अब यसलाई लिएर संवेदनशील बनिरहेका छन् ।

अमेरिकी जासुसी एजेन्सी एफबीआईले पहिले नै यसलाई लिएर चेतावनी दिइसकेको छ कि इन्टरनेटसँग जोडिएका चीजहरुको ह्याक हुने खतरा अधिक हुन्छ र सावधानी जरुरी छ ।

एप्पलको आइफोनमा पनि केही यस्ता फिचर छन् जहाँ बारम्बार पासवर्ड हाल्ने कोशिश गर्दा फोन आफैं आफ्नो डाटा उडाइदिन्छ । यही कारणले एफबीआइलाई सेन बर्नारडिनोको आक्रमणकारीको आइफोन ह्याक गर्न एउटा बाहिरी कम्पनीको मद्दत लिनुपरेको थियो ।

जानकारहरुको विश्वास के छ भने आधुकिन ग्याजेट खतरायुक्त छन् । यिनीहरुले तपाईको जासुसी गर्न सक्छन् वा ह्याक भएर तपाईंलाई गम्भीर नोक्सानी पुर्‍याउन सक्छन् । यसैले धेरै मानिसहरु पुरानो प्रविधितर्फ फर्किरहेका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment