Comments Add Comment

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई ‘एक्वाएर’ गर्ने

१९ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको पाटनमा केन्दि्रय कार्यालय रहेको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्वायर) गर्न एमओयूमा हस्ताक्षर गरेको छ ।

सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आर्थिक वर्षको मुनाफा समेतबाट ७८ करोड पूँजी रहने छ । हाल सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालयहरु रहेका छन् ।

त्यसैगरी सो संस्थाले गत पुस मसान्तमा ५करोड ६१ लाख खुद मुनाफा गर्न सफल भएको छ ।

सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ ।

सेञ्चुरी बैंकले तीन संस्था प्राप्तीबाट करिब १ अर्ब ५० करोड पूँजी प्राप्त गर्ने छ भने नपुग पूँजी हकप्रद सेयर जारी गरेर यो वर्षको मुनाफाबाट पुर्‍याउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment