+
+

संसारकी उर्बर महिलाः जसको ६९ वटा बच्चा जन्माएसँगै मृत्यु भयो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २० गते ११:०३

महिलाका लागि बच्चा जन्माउनु सजिलो काम होइन । तर यो दुनियाँमा यस्ता महिला पनि रहेछन् जसले १-२ होइन,  ६९ वटासम्म बच्चा जन्माएका छन् ।

४० वर्षको उमेरसम्ममा ६९ वटा बच्चा जन्माएकी एक प्यालेस्टाइनी महिलाको मृत्यु भएको छ । ६९ औँ बच्चा जन्माए लगत्तै उनको मृत्यु भएको ती महिलाका पति गाजा अल इनले बताएका छन् ।

नाम नखुलाइएकी ती महिला सायद दुनियाँकी सबैभन्दा उर्बर महिला हुन् । उनको नाम गिनिज बुकमा भने छैन । उनले ६९ बच्चा जन्माएको दाबी गरिएको भएपनि आधिकारिक पुष्टि हुन बाँकी नै छ ।

विश्वमा अहिलेसम्म धेरै बच्चा जन्माउने महिलाको रुपमा रुसकी भ्यासिलेभाको नाम गिनिज बुकमा दर्ज छ । उनले पनि कुल ६९ बच्चा जन्माएकी छिन् ।
उनले २७ बेतमा ६९ बच्चा जनमाएकी हुन् । जसमध्ये १६ पटक जुम्ल्याहा, तिन पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?