Comments Add Comment

मकवानपुर बहुमुखी र पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा अनेरास्ववियु बिजयी

मेची बहुमुखी र पश्चिमाञ्चल इञ्जिनियरिङ पोखराको मतगणना अवरुद्ध

२० फागुन, काठमाडौं । हालसम्म चुनाव भएका ठूला क्याम्पसहरुमध्ये सबैभन्दा धेरै मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा अनेरास्ववियुको प्यानलनै निर्वाचित भएको छ ।

शुक्रवार विहान ३ बजे घोषित परिणाम अनुसार सभापतिमा अनेरास्ववियुका कुमार केसी ९०२ मतका साथ बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नयाँ शक्ति विद्यार्थी युनियनका श्रवण वर्तौलाले ३१७ मत प्राप्त गरेका छन् भने नेविसंघ, अखिल क्रान्तिकारी प्रचण्ड, राप्रविसंघ र अखिल क्रान्तिकारी विप्लबका संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीकान्त पौडेलले १९५ मत प्राप्त गरी तेस्रो भएका छन् । सभापतिमा अखिल छैटौंका उम्मेदवार निरवहादुर सिन्तानले १९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

समानुपातिकतर्फ पनि अनेरास्ववियु पहिलो र नयाँ शक्ति विद्यार्थी युनियन दोस्रो भएको छ । सचिवमा पनि अखिलकै आकाश अधिकारी र कोषाध्यक्षमा विना देवकोटा बिजयी भएको मकवानपुर बहुमुखी क्याम्पसमा निवर्तमान सभापति तथा अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले जानकारी दिए ।

यसैबीच पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । अनेरास्ववियुका अनुभव पोखरेल सभापतिमा निर्वाचित भएका हुन् । उनले ४२७ मत ल्याउँदा नेविसंघका उम्मेदवार ३७३ मत ल्याए । शुक्रवार विहान मत परिणाम सार्वजनिक भएको हो ।

त्यस्तै प्रबिधि क्याम्पस हात्तिसारमा पनि अनेरास्ववियुका शौरभ सञ्जेलको प्यानल निर्वाचित भएको छ ।

मतगणना रोकियो

निर्वाचन भएका क्याम्पसहरुमध्ये झापाकै सबैभन्दा ठूलो मेची बहुमुखी क्याम्पसमा मतगणना हुन सकेको छैन । फर्जी मत खसेको भन्दै अनेरास्ववियुले बिरोध गरेकाले गणना रोकिएको हो ।

उता पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखरामा मतगणना रोकिएको छ । एउटा रद्द मतको विषयमा अखिल क्रान्तिकारीले अवरोध गरेपछि गणना रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment